Advertisements
Ganthan News Pokhara
All news from Pokhara & around

पोखराको सडकमा पिसाब फेर्ने प्रहरी फन्दामा

0 23

पोखरा, २२ असोज /पोखराको लेकसाइडबाट सडकमा नै पिसाब फेर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लेकसाइडको सेन्टर प्वाइन्टमा शुक्रबार राती मदिराले मातेर सडक मै पिसाप फेर्ने एक जना आन्तरिक पर्यटकलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिराले माते पछि जे पनि गर्न पाइन्छ, भन्दै सडकमा नै पिसाब गर्दै गरेकालाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख बसन्त कुमार शर्माले बताए ।

पक्राउ परेकालाई एक दिन थुनामा राखेर पुन त्यस्तो गल्ती नगर्ने कबुलमा छाडेको शर्माले बताए । पोखरालाई अनुसाशित शहर हो भन्ने जानकारी दिएन पनि पक्राउ गर्ने आवश्वयक रहेको बताए ।

Advertisements

Leave a Reply (कमेन्ट गर्नुहोस्)