मोटरसाइकल किनेको खुसियाली मनाउ हिडेका पोखरामा एक युवक मृत भेटिए

पोखरा, ३२ जेठ/ पोखरामा एक युवक मृत अवस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका–३३ बाघमारा चौर पट्नेरीका २० बर्षीय अमित रसाइली मृत अवस्थामा भेटिएका छन् ।

रसाइलीको शव आइतबार बिहान ७ः१० बजे पोखरा–३२ स्थित सेती नदिको बिचमा भेटिएको भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

शनिबार रातको करिव ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथिहरुलाई पार्टी दिन भनेर घरबाट हिडेका उनी बेपत्ता भएका थिए ।

रसाइली हराएको भनि आइतबार बिहान ३ः३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासका क्रममा विहान सेतीमा शव भेटिएको थियो ।

कास्की प्रहरीले रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गरी थप अनुसन्धान गरिरहेको रेग्मीले बताए ।

कमेन्टहरु
Loading...