पोखराको नागढुङामा मोटरसाइकल दुर्घटना

पोखरा, ३१ वैशाख /पोखरा लेखनाथ महानगरपालिका ८ नागढुङामा मोटरसाइकल दुर्घटना हुदाँ दुई जना घाइते भएका छन् ।

ग७प ७१७१ को मोटरसाईकलले पैदलयात्री मुस्ताङ धारेजोङ गाँउपालिका ४ घर भई पोखरालेखनाथ महानगरपालिका ८ बस्ने ६३ बर्षिय दिल माया शेरचनलाई ठक्कर दिदा दुई जना घाइते भएका हुन् ।

दिलमाया र मोटरसाईकल चालक स्याङजा पुतलीबजार नगरपालिका १ बस्ने २० बर्षिय राजकुमार विक घाइते भएका हुन् । उनीहरु दुबैको गण्डकी मेडिकल कलेजमा उपचार भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...