पोखराको मासबारमा बालकलाई ठक्कर दिएर मोटरसाइकल टाप

पोखरा, २५ फागुन / पोखरा महानगरपालिका ७ मासबार स्थित रहेको श्रीकृष्ण माबि स्कुल नजिकै दुर्घटना भएको छ ।

हाल सम्म नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिदा मादी गाउँपालिका १२ घर भई हाल पोखरा ७ मासबार बस्ने वर्ष ७ को ईशान ढकाल घाइते भएका छन् ।

घाईते भएका उनको उपचारको लागि मेट्रोसिटी अस्पतालमा लगिएको छ । ठक्कर दिने मोटरसाईकलको खोजिकार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...