पोखरा मझेरीपाटनमा शव फेला, म्याग्दी र गोर्खामा एक/ एक जनाको मृत्यु

पोखरा, २ असार /पोखरा महानगरपालिका १४ मझेरीपाटन खाने पानी ट्याङकी नजिकै बिजयपुर खोला किनारमा एक शव फेला परेको छ ।

हाल सम्म नाम थर वतन नखुलेको अन्दाजी ३५ बर्षिय पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखीको प्रहरीले जानकारी दिए ।

त्यसै गरी म्याग्दीको बेनी नगरपालिका ७ स्थित कालिगण्डकी नदीको किनारमा एक बच्चीको शव फेला परेको छ । नाम थर नखुलेको बच्चीको रहको प्रहरीले जानकारी दिएको छ ।

त्यसै गरुी गोर्खाको चुमनुब्री गाउँपालिका ७ तिले भन्ने स्थानमा रहेको स्थानिय लोप्साङ लामाको होटलमा मृत फेला परेको छ ।

गुल्मी ठुलोलुम्पेकका २२ वर्षिय भिम बहादुर सिंजाली स्थानिय वडाको लागि सडक खन्दै गरेको जेविसि बिग्री मर्मत गर्नको लागि गएकोमा उक्त होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...