पोखराको लेखनाथमा जलाएर युवकको हत्या

पोखरा, २३ चैत/पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ३२ मजुवामा एक युवकको आदी शरिर जलेको शव फेला परेको छ । अन्दाजी २३ बर्षका युवकको शव फेला परेको हो प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान थालिएको कास्की प्रहरीले जनाएको छ ।

स्थानीयले देखेपछि प्रहरीले खबर गरेका थिए । शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । पोष्टमार्टम पछि मात्रै घटनाबारे थाहा हुने प्रहरीले जनाएको छ ।

जंगलमा जलेको अवस्थामा शव फेलाका परेका कारण उनको कसैले हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...