पोखरामा हत्या गरेको एक महिना पछि गाडेको अवस्थामा शव भेटियो, चार जना पक्राउ

पोखरामा हत्या गरेको एक महिना पछि गाडेको अवस्थामा शव भेटियो, चार जना पक्राउ तस्बिर सौजन्यः सुरेश सुनार
0 5,280

पोखरा, ३ जेठ / पोखरामा हत्या गरेर गाडेको अवस्थामा प्रहरी सव निकालेको छ भने चार जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १४ समिनतारा बस्ने वर्ष २१ को ज्ञान बहादुर परियारले करिब १ महिना अगाडी सोही ठाउँका २२ बर्षिय बिमल रानाभाटलाई घनले हानी हत्या गरी घर पछाडीको बारी गाडेको अवस्थामा शव निकालेको हो ।

बिमल रानाभाट हराएको उजुरी नआएपनि हराएको थाहा पाएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । बारीको डिलमा गाडेको भन्ने सूचनाको आधारमा तत्कालै प्रहरी टोली खटिई गई चार जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरीले शनिबार विहान जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा गएको टोलीले शव निकालेको थियो ।

प्रहरी टोलीले विहान ६ बजे देखी शुरु गरेकोमा ८ बजेको समयमा शव सडेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले पोखरा महानगरपालिका १४ समिनतारा बस्ने २१ बर्षिय ज्ञान बहादुर परियार, सोही ठाउँका १८ बर्षिय संजय दर्जी, कुमार परियार र बाग्लुङ साबिक गल्कोट गाउँ विकास समिति ९ घर भई हाल पोखरा महानगरपालिका १४ समिनतारा बस्ने वर्ष १९ को सागर परियारलाई पक्राउ गरेको छ । घटनाका विषयमा कास्की प्रहरीले थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

यस्तो थियो घटना क्रम

ज्ञान बहादुर परियार र बिमल रानाभाट सँगै काम गर्ने साथी थिए । बिमल ज्ञान बहादुरका घरमा सधै जस्तै आउने गर्दथे । घरमा आउदा बिमल र ज्ञान बहादुरकी श्रीमती विच अनैतिक सम्बन्ध भएको ज्ञान बहादुरले थाहा पाए । धेरै पटक भेटेको उनले प्रहरी समक्ष बताएका छन् ।

उनले पछिल्लो पटक वैशाख १ गते भेटेको बताए । श्रीमतीलाई आफ्नै साथी सगँ अनैतिक सम्बन्धमा भेटे पछि उनले हत्याको योजना बनाएको प्रहरी समक्ष बताएका छन् । उनले करिब एक महिना पहिले घरमा नै घनले हानेर हत्या गरि एक रात घर मै राखेको र घर देखी करिब ३ सय मिटर पर डिलमा खाल्टो खनेर अर्को एक साथीको साहेताले भोली पल्ट गाडेको बताएका छन् ।

उनले हत्यामा प्रयोग गरेको घन, रानाभाटको मोवाइल खोलामा बगाएको र हत्याका बेला प्रयोग भएको सोफा, रगतलागेको तन्ना लगाएतका सामानहरु आँगनमा जलाएको भेटिएको छ ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...