पोखराको लेखनाथमा सवारी दुर्घटना

पोखरा, १९ असार /पोखरा महानगरपालिका २६ सुन्दरीबजारमा ग १७ प २६ नम्बरको स्कुटर र ग १२ प ६९४५ नम्बरको स्कुटर ठक्कर खाँदा दुई जना घाइते भएका छन् ।

बुधबार पोखरा महानगरपालिका २६ सुन्दरीबजारका सनम पुन र बुढीबजारकी रेनुका गुरुङ घाईते भएका छन् ।

उनीहरुको उपचार भएको छ भने अनुसन्धानका लागि दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...