पोखरामा झगडा हुदाँ छतबाट २ जना खसे

पोखरा, २१ जेठ / पोखरा महानगरपालिका १३ माछापोखरीको एक घरमा झगडा हुदाँ घर छतबाट दुई जना खसेका छन् ।

पोखरा १३ का चन्द्रबहादुर सार्कीको घरमा सोही ठाउँका ३० बर्षिय विशाल नेपाली, २१ बर्षिय मनोज कुमार दास, ३५ बर्षिय विकाश नेपाली, २३ बर्षिय अर्जुन नेपाली बिच झगडा हुँदा घरको छतबाट दुई जना खसेको गण्डकी प्रदेश प्रहरी कार्यलयले जानकारी दिएको छ ।

झगडा हुदाँ विशाल नेपाली र विकाश नेपालीको घरबाट खसेपछि घाइते भएका छन् । उनीहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भएको छ ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई घटनामा संलग्न मनोज कुमार दास, चन्द्र बहादुर नेपाली, अर्जुन नेपाली, सन्तोष नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...