पोखरा घुम्न आएका शिक्षकको होटलको झ्यालबाट खसेर मृत्यु

पोखरा, २८ चैत /पोखरा घुम्न आएका एक शिक्षक होटलको झ्यालबाट खसेर मृत्यु भएको छ । बर्दघाट नगरपालिका –११ नवलपरासीका शिक्षकको पोखराको ६ लेकसाईड स्थित होटल प्राईमको झ्यालबाट गएराती खसेर रहस्यमय मृत्यु भएको छ ।

बर्दघाटको माउण्ट एभरेष्ट अङ्ग्रजी बोर्डिङ स्कुलका शिक्षक बर्दघाट नगरपालिका –११ नवलपरासीका २७ बर्षिय राम प्रसाद आचार्यको गएराती होटलको तिन तला माथिको भ्यालबाट खसेर मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

विद्यालयका ११ जनाको टोली मंगलबार पोखरा आएसँगै होटल प्राईम लेकसाईडमा बसेको बताउ थिए । २ साथी सहित आचार्य तेस्रो तलाको कोठा न ३०३ मा बसेका थिए ।

उनी कसरी झ्यालबाट खसे भन्नेबारेमा अनुसन्धान भई रहेको प्रहरी कार्यालय कास्कीका प्रबक्ता प्रहरी नायब उपरिक्षक खड्क बहादुर खत्रीले बताए । उनका अनुसार उक्त शब पोस्टम्याटर्मका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको छ ।

कमेन्टहरु
Loading...