पोखराको लामाचौरमा एक युवा मृत फेला

पोखरा, ६ चैत / रोल्पा घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका १६ लामाचौर बस्ने एक युवा मृत भेटिएका छन् ।

२७ बर्षिय सुनिल पुन मगर बेलुका खाना खाई सुतेको बिहीबार विहान मृत भेटिएका हुन् । विहान अबेरसम्म नउठे पछि उठाउदा अचेत अवस्थामा देखी निजलाई उपचारको लागि मातृ शिशु अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेका थिए ।

घटनास्थलमा तत्कालै प्रहरी टोली पुगि घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

त्यसै गरि मुस्ताङमा मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्किदै गरेका एक जनाको मृत्यु भएको छ । मुस्ताङ थसाङ गाउँपालिका ३ खाङ्लो होटल नजिक कालीगण्डकी नदीको किनारमा पानीमा घोप्टो परको अवस्थामा एक जना भेटिएका हुन् ।

तनहु भिमाद नगरपालिकाका २८ बर्षिय जित बहादुर रानाभाट मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । चैत ३ गते मुक्तिनाथ मन्दिर दर्शन गर्न आएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...