पोखराको चाउथेमा जीपले पैदल यात्रीलाई ठक्कर दियो

पोखरा, २७ चैत /पोखरा महानगरपालिका १४ चाउथेमा बलेरो जीपले पैदल यात्रीलाई ठक्कर दिएको छ ।

चाउथे स्थित ईन्द्रमार्ग टोलमा ग २ च ७३७१ नम्बरको बलेरो जीप ब्याक गर्ने क्रममा पैदल यात्री सोहि स्थानकी ५३ बर्षिय माँया देवी सुबेदीलाई ठक्कर दिएको हो ।

उनको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भएको छ । घटनास्थलमा प्रहरी टोली खटिई चालकलाई नियन्त्रण लिएको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...