पोखराको चरक मेमोरियल अस्पतालको सिसा फोडेर हाम फालेका गुरुङको मृत्यु

पोखरा, ३० चैत /पोखराको नयाँबजारमा रहेको चरक मेमोरियल अस्पतालको आइसियु कक्षमा उपचार गरिरहेका युवराज गुरुङ सिसा फोरेर हाम फाल्दा गम्भीर घाईते भएका उनको मृत्यु भएको छ ।

लम्जुङ घर भइ पोखरा ११ फुलबारी बस्दै आएका ३० वर्षिय युवराज गुरुङ बिहीबार तिन तलामाथी रहेको आइसियु कक्षको सिसा फोडेर हाम फालेका थिए ।

गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । गुरुङ केही दिन देखी अस्पतालको आइसियु कक्षमा उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...