पोखरामा बसको ठक्करले पैदल यात्री घाईते

पोखरा, २२ असार /पोखरा महानगरपालिका २६ विजयपुरमा बसको ठक्करले पैदल यात्री घाईते भएका छन् ।

पोखराबाट काठमाण्डौ जाँदै गरेको ग १ ख ७७१९ नंम्बरको बसले पैदल यात्री सोही स्थान बस्ने ७५ बर्षिय लोकमान भट्टराई घाईते भएका हुन् ।

उनलाई बाटो काट्ने क्रममा बसले ठक्कर दिएको हो । उनको पोखराको मणिपाल अस्पतालमा उपचार भएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरी रहेको जनाएको छ ।

कमेन्टहरु
Loading...