तीन दिन देखी हराएकी महिला पोखरामा मृतावस्थामा फेला

पोखरा, ६ साउन /तीन दिन देखी हराइ रहेकी एक बृद्धा पोखरा लेखनाथ महानगरपालिकाका–१४ स्थित डम्पिङ साइटमा मृतावस्थामा फेला परेकी छन् ।

रोल्पा जिल्ला घर भई गस्ती टोलमा डेरा गरी बस्ने करिब ७५ वर्षीया निर्मला बुढामगर बिहीबार मृतावस्थामा भेटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको छ । उनी मंगलबार देखी हराइ रहेकी दिइन् ।

कमेन्टहरु
Loading...