पोखराको विन्ध्यवासिनीमा मोटरसाईकल र स्कुटर ठोकिए

पोखरा, १८ मंसिर / पोखरा महानगरपालिकाको विन्ध्यावासिनी चोकमा मोटरसाईकलले स्कुटरलाई ठक्कर दिँदा दुईजना घाईते भएका छन् ।

नम्बर नखुलेको मोटरसाईकलले ग ७ प ७७३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर टाप कसेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा स्कुटर चालक सिम्पानीकी ४० बर्षिया भीममाया तामाङ र पछाडी सवार ४२ बर्षकी मीना गुरुङ घाईते भएका छन् । दुवैजनाको अस्पतालमा

उपचार भैरहेको छ ।

कमेन्टहरु
Loading...