पोखराको बाम्दीमा एक व्यक्ति मृत फेला

पोखरा, ३ कात्तिक / पोखरा महानगरपालिका २३ बाम्दी एक जना मृत फेला परेका छन् ।

पोखरा महानगरपालिका २३ बाम्दी बस्ने ७३ बर्षिय पुर्णबहादुर राई आफ्नै घर नजिकै खानेपानी धाराको कुलोमा मृत अवस्थामा भेटिएका हुन् । स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।

राईको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । प्रहरी टोलिले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

राई राती पिसाब फेर्नका लागि बाहिर निस्केको त्यही समयका ढलेर मृत्यु भएको हुन सक्ने स्थानीयहरुले बताएका छन् ।

कमेन्टहरु
Loading...