पोखराको आश्रममा महिलाको मृत्यु

पोखरा, ३० भदौ / पोखरा महानगरपालिका १७ छोरेपाटनमा रहेको मानव सेवा आश्रममा बस्दै आएकी एक

महिलाको मृत्यु भएको छ । २०७५ साल बैशाख १३ गते देखी बस्दै आएकी उनको नाम, थर, वतन नखुलेको

प्रहरीले जानकारी दिएको छ । उनी करिब ७० की थिइन् र उनलाई कान्छी मायाँ भन्दै अन्य बृद्धाहरुले बोलाउन

गरेका थिए । घटनाका विषयमा प्रहरी अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...