पोखरामा शव फेला, तनहुँमा करेण्ट लागेर एक मृत्यु

पोखरा, १६ जेठ / गण्डकी प्रदेशमा बिहीबार दुई जनाको ज्यान गएको छ । पोखरामा शव भेटिएको छ भने तनहुँमा करेण्ट लागेर एकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १३ दुईकुलाको मुहान स्थित ड्याममा शव फेला परेको हो । करिब ४० बर्षिका पुरुषका शव भेटिएको हो । हाल सम्म नाम, थर र वतन नखुलेको प्रहरीले जानकारी दिएको छ । शव पानीमा तैरिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी टोली घटनाको विषयम थप अनुसन्धान भईरहेको जनाएको छ ।

त्यसै गरी तनहुँ बन्दिपुर गाउँपालिका २ गोलडाँडा बस्ने वर्ष ६५ को गणेश बहादुर आलेको करेण्ट लागेर मृत्यु भएको छ ।

कपडा सुकाउने क्रममा बिजुलिको नाङ्गोतारमा छुन गई करेण्ट लागि घाईते भई उपचारको लागि बन्दिपुर अस्पताल लगेकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...