पोखरा र स्याङजामा सवारी दुर्घटना ३ जना घाइते

पोखरा, ६ असोज/पोखरा र स्याङजामा शनिबार भएको दुई सवारी दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

पोखरा महानगरपालिका २२ ठुलढुङगा फुस्रेखोलामा पोखराबाट स्याङजा जांदै गरेको ग १ ख ४१५० नम्बरको

बसमा ग १२ प ६६५ न को स्कटुर ठोकिदा दुई जना घाइते भएका हुन् । स्कुरट चालक स्याङजाको वालिङ

नगरपालिका ६ बस्ने वर्ष १८ को बिशाल कोईराला र पछाडी वर्ष १९ कि रेजिना कोईराला घाइते भएका हुन् ।

उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भएको छ ।

त्यसै गरी स्याङजाको फेदीखोला गाउँपालिका २ जिरो स्थित सिद्धार्थ राजमार्गमा पोखराबाट स्याङजा तर्फ जादै

गरेको ग २ च ६९७० नम्बरको जिपले विपरित दिशाबाट आउदै गरेको लु११प६९३१ नम्बरको मोटरसाईकललाई

ठक्कर दिँदा एक जना घाइते भएका छन् । मोटरसाईकलमा पछाडि सवार वर्ष ५६ को शेर वहादुर दर्जि घाइते भई

गण्डकी मेडिकल कलेज पोखरा उपचार भइरहेको छ ।

कमेन्टहरु
Loading...