पोखरामा शिशुवामा दुर्घटना, गोरखामो टिपरको ठक्करले एकको मृत्यु

पोखरा, १७ माघ / पोखरा महानगरपालिका ३० नौविसे चोक स्थित शिशुवा चोकबाट आदर्श चोक तर्फ जादै गरेको दुर्घटना भएको छ ।

ग ६ प ८०६३ नंम्बरको मोटरसाईकलले बिपरित दिशा तर्फ आउदै गरेको साईकललाई ठक्कर दिँदा साईकल यात्री सोहि स्थान बस्ने ३५ बर्षिय .सृजना थापा घाईते भई उपचारको लागि मेट्रिसिटी अस्पताल भएको छ ।

उनको अवस्था सिरियस रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरी टोलिले मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाएको छ ।

त्यसै गरि गोरखाको गोरखा नगरपालिका १० छेपेटार स्थित रहेको गोरखकाली क्रसर उद्योगको परिसर भित्र सोहि स्थान अमलापानी बस्ने ५२ बर्षिय मनमाँया तामाङ टिप्मरले ठक्कर दिदा एको जनाको मृत्यु भएको छ ।

ग १ ख ८०२७ नम्बरको टिप्परले ठक्कर दिंदा घट्नास्थलमा नै मृत्यु भएको थियो । सोही विषयलाई लिई स्थानिय बासिहरुले उक्त क्रसर भित्र रहेको २० वटा टिपर र ६ वटा जेसिबि मा तोडफोड गरेको, ग १ ख ८०२७ नंम्बरको टिपरमा आगजनि समेत गरेका छन् ।

कमेन्टहरु
Loading...