पोखराको एयरपोर्टमा माइक्रो ठक्करले एकको मृत्यु एक घाइते

पोखरा, २७ चैत/पोखराको एयरपोर्टमा माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ९ प २१९१ नम्बरको पल्सर मोटरसाइकलाई विपरीत दिशाबाट आएको ग १ प ३८७७ नम्बरको माइक्रोबसले ठक्कर दिदा मोटरसाइकलको पछाडि बसेका स्याङ्जा घर भई पोखरा ड्यामसाइड बस्ने वर्ष २२ का शोभाकान्त पनेरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा लेखनाथ महानगरपालिका वडा २१ बस्ने वर्ष २४ का सन्दीप पौडेल सख्त घाइते छन् । दुर्घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...