पोखराको रंगशाला गेट र बुलौदीमा सवारी दुर्घटना

पोखरा, ३१ असोज / पोखराका दुई ठाउँमा मंगलबार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।  पोखरा महानगरपालिका १० रंगशाला गेट

अगाडी दुर्घटना एक जना घाइते भएका छन् । नम्बर नखुलेको एभेन्जर मोटरसाईकलले ग १५ प ३६४३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा

स्कुटर चालक पोखराको लामाचौर बस्ने २१ बर्षिय देवा पुर्जामगर घाइते भएका छन् । उनको पोखरा अस्पताल उपचार भएको छ ।

त्यसै गरी पोखरा महानगरपालिका ६ जरेवर स्थित बुलौदिमा हल्लनचोकबाट जिरो किमि तर्फ आउँदै गरेको ग १४ प २९३९ नम्बरको क्रस

फायर मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको छ । पोखराको चाउथे बस्ने २० वर्षीय अनिस बास्कोटा घाईते भएका छन् ।

उनलको मणिपाल अस्पतालमा उपाचार भएको छ ।

कमेन्टहरु
Loading...