पोखराको बुलौदीमा भेन दुर्घटना

पोखरा, २० माघ /पोखरा ६ बुलौदीमा दुर्घटना भएको छ । हल्नचोकबाट जिरोकिलोमिटर तर्फ जादै गरेको भेन बुलौदीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि चार जना सामान्य घाइते भएका छन् । चालकले मदिरा सेवन गरि गाडी चलाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । गाडी सडकको डिभाइडमा ठोकिएर करिब २० मिटर सम्म लतारीदै गएको थियो ।

कमेन्टहरु
Loading...