पोखरा २३ औसलचौरमा खाडलमा लड्दा मृत्यु

पोखरा, २७ जेठ /पोखरा महानगरपालिका २३ मा एक व्यक्ति मृत फेला परेका छन् ।

पोखरा २१ निर्मल पोखरी फोक्सिङ घर भई हाल पोखरा महानगरपालिका २३ ऐसेलुचौरमा ज्याला मजदुरी गर्ने करिब ६० बर्षिइ टंक प्रसाद पोख्रेल मृत फेला परेका हुन् ।

बारीमा मल फालेर फर्कने क्रममा बाटोमा पानी जमेको खाडलमा लडेपछि मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरी रहेको बताएको छ ।

त्यसै गरी स्याङजाको भिरकोट नगरपालिका १ मुल्किचौपारी, सिदार्थ राजमार्गको साईडमा हालसम्म नामथर वतन नखुलेको एक जनाको शव फेला परेको छ । अन्दाजी ६० बर्षिय पुरूष व्यक्ति मृतमा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...