पोखरामा लामाचौरमा मोटरसाइकल दुघटना हुदा एकको मृत्यु

पोखरा, २१ पुस /पोखरा लेखनाथ महानगरपालिका–१६, सुन्दरफिटमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।छोरेपाटनबाट लामाचौर तर्फ जाँदै गरेको ग ३ प ३०६८ नम्रबको मोटरसाईकल र विपरीत दिशाबाट आएको नम्बर नखुलेको रातो कालो २२० को पल्सर मोटरसाईकल ठोक्किदा पर्वतको त्रिबेणी गाउँपालिका–७, वर्ष ४४ को कुलबहादुर रानाको मृत्यु भएको हो ।

घाईते अबस्थामा फिष्टेल अस्पताल पोखरा पुरयाएका रानाको उपचारको क्रममा चिकित्सकहरुले मृत घोषणा गरेको हो । राना सवार मोटरसाइकलले लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६४५१ नम्बरको नगर बसलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना  भएको हो ।

नम्बर नखुलेको २२० को पल्सर मोटरसाइकलसँग ठोक्किएपछि उक्त मोटरसाईकल अनियन्त्रित भई बसको टायरमा ठोक्किन पुगेको प्रहरीले जानकारी दिएको छ । २२० पल्सर बाइकका चालक फरार रहेकाले खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...