रात्री बसको हेडलाइट बिग्रँदा दुर्घटना, ५ जनाको मृत्यु, २३ घाईते

प्युठान, ३० वैशाख /प्युठानमा रात्री बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २३ जना घाइते भएको प्रहरीले जानएको छ ।

ना ४ ख १८७६ नम्बरको बस प्युठानको पटडाँडा नजिकै पाखुरी खोलामा करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये ५ जनाको बुटवलमा, अरुको प्युठान अस्पताल र अनयको पायक पर्ने अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ । राती साढे २ बजे तिर दुर्घटना भएको थियो । बसको हेडलाइट बिग्रँदा अध्यारो भएर दुर्घटना भएको प्रहरीले भनाई छ ।

कमेन्टहरु
Loading...