पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुदाँ एकको मृत्यु

पोखरा, २ फागुन /पोखरामा बुधबार दिऊसो प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । सराङकोटबाट उडेको प्याराग्लाईडिङ फेवातालममा खस्दा भारतीय नागरिक मारियाता शिवराजुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

भारतको कर्नाटक प्रदेशबाट उनी पोखरामा प्याराग्लाईडिङ उडानका लागि आएका थिए । फेवाताल खसेका उनलाई निकालेर मेट्रोसिटि अस्पताल लगेको अस्पतालमा डाक्टरले मृत घोषणा गरेका थिए ।

कमेन्टहरु
Loading...