नवलपरासीमा बस र ट्रक ठोक्किँदा पाँच जनाको मृत्यु

नवलपरासी, १९ चैत /नवलपरासीमा शनिबार दिऊसो ट्रक र बस ठोक्किँदा पाँच जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । मध्यविन्दु नगरपालीका ७ चालिस किलो स्थित पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ ख ३९९५ नंको बस बिग्री साईडमा बनाउने क्रममा सोही दिशाबाट आउदै गरेको UP 58 T5471 भारतिय ट्रकले पछाडीबाट ठक्कर दिंदा दुर्घटना भएको हो ।

ट्रकले पछाडीबाट ठक्कर दिदा बसमा सवार ४२ जना मध्ये ४ जनाको घट्नास्थलमै मृत्यु भएको थियो । १ जना ट्रक चालकको भने प्रहरीले उद्दार पश्चात मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा ल्याउदै गर्दा बाटोमै मृत्यू भएको प्रहरीले जानकारी दिएको छ । अन्य बसमा सवार ५ जना घाईते भई उपचारको लागी मध्यबिन्दु सामुदायिक अस्पताल डण्डा नवलपरासीमा उपचार भैरहेको छ ।

मृत्यु हुनेमा दाङ जिल्ला श्रीगाँउका १६ वर्षिय राम चौधरी, सोही स्थानकै १७ वर्षिय विरवल चौधरी, दाङ जिल्ला शान्तीपुर बालापुर बस्ने अन्दाजी ३३ का धर्मराज चौधरी, सुर्खेत जिल्ला जुमखोलाका ३८ वर्षिय हरी रामझाली मगर, ट्रक चालक भारत दर्गाह सरिफ बहराईका २५ वर्षिय रियाज खानरहेका छन् । बस चालक र सवारी साधन प्रहरीको नियनत्रणमा रहेका छन् ।

कमेन्टहरु
Loading...