मुस्ताङमा टिपर दुर्घटना हुदाँ १५ जनाको मृत्यु

पोखरा, २२ असार /मुस्ताङको स्याङबोचे नजिकै शुक्रबार टिपर सडकबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ गरेको छ।

पौडेलले उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर मगाउन पनि पहल भइरहेको जानकारी दिए। बाटो बनाउने कामदार बोकेको बा २ क २२१९ नम्बर टिपर साढे २ बजेतिर अनियन्त्रित भएर सडकबाट ४० मिटर तल खसेको थियो।

कमेन्टहरु
Loading...