मुस्ताङमा टिपर दुर्घटनामा १९ को मृत्यु, घाइतेको उद्धारका लागि हेलिकप्टर जादै

पोखरा, २२ असार /उपल्लो मुस्ताङमा सडकका कामदार बोकेर जादै गरेको टिपर दुर्घटना हुदाँ १९ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मुस्ताङको दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा बेनी कोराला सडकमा काम गर्ने मजदुर चढेको ट्रिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

बा २ क २२१९ नम्बरको ट्रिपरमा मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा टिपर दुर्घटनामा परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिसिर पौडेलले जानकारी दिए ।

गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेना र एयर डाइनेटिरको हेलिकोप्टर आउदै गरेको पौडेलले बताए ।

कमेन्टहरु
Loading...