मुस्ताङको होटलमा चोरी गर्ने २ जना पक्राउ

पोखरा, २७ भदौ / मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज

होटलमा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने नवलपरासीको बर्दघाट

नगरपालिका ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ गाउँपालिका २ का गेल्पु शेर्पालाई पक्राउ गरेको हो ।

उनीहरुले होटलबाट १ लाख १५ हजार नगद, १० तोला सुनको बाला, १ थान सुनको औँठी, काण्डिमाला १ थान,

सुलेमाला २ थान, चाँदिको दिग्रा २ थान र मोति माला लगायतका धनमाल चोरी गरी फरार भएका थिए । प्रहरी

टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका ४ काठेपुलबाट चोरी भएका धनमाल सहित नियन्त्रणमा लिईएको हो ।

कमेन्टहरु
Loading...