घटनाको उचित छानबिन र क्षतिपूर्ति दिन माग

पोखरा, २४ असार /नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले मुस्ताङको घिलिङमा टिपर पल्टिदाँ घाईते भएकाहरुको उचित उपचार र घटनाको वास्तविक छानबिन गर्न माग गर्नुभएको छ ।

आईतबार मनिपाल शिक्षण अस्पतालमा पुगेर घाईतेहरुको स्वास्थ्यस्थिति बुझ्दै नेतृ पाण्डले घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । नेपाली काँग्रेसका नेतृ पाण्डेले मृतक परिवारजनलाई धैर्यधारण गर्न अनुरोध गर्दै उचित क्षतिपूर्तिका लागि नेपाली काँग्रेस प्रयासरत रहेको जानकारी दिनुभयो ।

जोमसोमदेखि घाईतेलाई पोखरासम्म ल्याउने कार्यमा खटिनु हुने सेना, प्रहरी, सशस्त्र, विभिन्न सामाजिक संघसंस्थालाई पनि नेतृ पाण्डेले आभार व्यक्त गर्नुभयो ।

मुस्ताङको घिलिङमा भएको टिपर दुर्घटनामा परी २० जनाको घटनास्थलमा मृत्यु भएको थियो भने १२ जना घाईतेको मनिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

कमेन्टहरु
Loading...