मोटरसाइकल किनेको पार्टी दिंदा साथीले नै ज्यान लिए

पोखरा, १ असार/ पोखराका एक युवाले मोटर साइकल किनेपछि साथीहरु सगँ पार्टी गर्ने क्रममा साथीहरुबाट हत्या गरेका छन् । पोखरा ३२ का २१ वर्षे अमित रसाइलीलाई उनकै साथीहरुले हत्या गरेर सेती नदि किनारामा फालेको खुलेको छ । रसाइलीको शव आइतबार बिहान ७ः१० बजे पोखरा–३२ स्थित सेती नदिको बिचमा भेटिएको थियो ।

शनिबार रातको करिव ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथिहरुलाई पार्टी दिन भनेर घरबाट हिडेका उनी बेपत्ता भएका थिए । रसाइली हराएको भनि आइतबार बिहान ३ः३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासका क्रममा विहान सेतीमा शव भेटिएको थियो ।

कास्की प्रहरीले रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गरी थप अनुसन्धान थाले पछि उनै साथीहरुले हत्या गरी सेती नदीमा फालेको खुलेको कास्कीका प्रहरी प्रमुख एपि दानबहादुर कार्कीले जानकारी दिए ।

पोखरा ३३ बाघमाराको चौरमा लोकल रक्सी, चाउचाउ र चुरोट खाँदै गफ गर्दा उनीहरुबीच बाइकको प्रसंग चल्यो । कसको बाइक राम्रो, कसकी प्रेमिका राम्री भन्ने गफ गर्दागर्दै उनीहरु बिच झगडा भएको देखीको कार्कीले बताए । झगडा शुरु भए पछि साथीहरुले अमितलाई हेल्मेट र ढुंगाले टाउकामै हिर्काए । उनको ज्यान गयो ।

अमित मृत्यु भएपछि शव लुकाउन उनीहरुले सेतीनदीको खोंचमा फालेका थिए । अमित हत्याको आरोपमा प्रहरीले २० वर्षे मनीष श्रेष्ठ, २१ वर्षे सुनम गुरुङ, २१ वर्षका शंकर सुनार र कृष्ण सुनारलाई पक्रेर थप थप अनुसन्धान गरी रहेको उनले बताए । कास्की प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिइ थप अनुसन्धान थालेको उनको भनाई थियो ।

कमेन्टहरु
Loading...