पोखराबाट मोटरसाइकल र स्कुटर चोरी गर्ने प्रहरी फन्दामा

पोखरा, १८ चैत /पोखराका विभिन्न ठाउँबाट मोटरसाईकल तथा स्कुटर चोरी गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मुस्ताङ लेते ६ घर भई पोखरा महानगरपालिका ९ पृथ्विचोक बस्ने २६ बर्षिय णणेश गौचनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा मोटरसाइकल र स्कुटर हराएको भन्दै उजुरी परे पछि कास्की प्रहरीले बिशेष टोली परिचालन गरी चोरी गर्ने ब्यक्तिको सुचना संकलन गरेको र त्यस्कै आधारमा चोरी गर्ने पक्राउ परेको कास्कीका प्रहरी प्रवक्ता तथा डिएसपि रविन्द्रमान गुरुङले जानकारी दिए ।

उनले चोरी भएका साधनको खोजतलास गर्ने क्रममा गौचनलाई पक्राउ गरेको जानकारुी दिए ।गौचनले ग१प ७५०० नम्बरको मोटरसाइकल, ग १२ प ३१४३ र ग १३ प ७६७३ नम्बरको स्कुटर चोरी गरेको प्रहरीको उनको भनाई छ । गौचनलाई चोरी मुद्धामा म्याद थप अनुसन्धान भईरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...