मोटरसाइकल दुर्घटना हुदाँ युवतीको मुत्यु

तनहुँ, १५ पुस/पृथ्वीराज मार्ग अन्तरगत तनहुँको म्याग्देमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पोखराबाट दमौली जादै गरेको मोटरसाइकल अनिन्त्रित भई सडकमा पल्टँदा म्याग्दे–२ गुणादीकी १८ वर्षीया प्रमिसा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बसलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल अनिन्त्रित भई पल्टँदा मोटर साइकलको पछाडि सवार मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते प्रमिसाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक व्यास–११ का १९ वर्षीय मदन अधिकारीलाई कास्की प्रहरीको नियन्त्रण लिएको छ ।

कमेन्टहरु
Loading...