पोलमा ठोकिएर पोखरामा मोटरसाईकल चालकको मृत्यु

पोखरा, २४ पुस /पोखराको न्यूरोडको सडक किनारमा रहेको सोलार बत्तीको पोलमा मोटर साइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । गएराती ग १३ प ७६८१ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

तनहुँ जिल्ला स्थायी घर भई हाल पोखरास्थित न्यूरोडमा बस्‍ने वर्ष ३० का सन्दीप सिग्देल मृत्यु भएको प्रहरीले जानकारी दिए छ ।

घटना लगत्तै उनलाई उनलाई पश्चिमाञ्‍चल क्षेत्रीय अस्पताल लगिएको र अस्पतालमा डाक्टरले सिग्देललाई मृत घोषणा गरेका थिए। सिग्देल टिम फाइभ प्याराग्लाइडिङका पाइलट भएको आफन्तले बताएका छन् ।

कमेन्टहरु
Loading...