Ganthan News Pokhara
All news from Pokhara & around

मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु

0

कास्की। पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु गएको छ । घटनामा अर्र्का एक घाइते भएका छन् । मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् ।

दुर्घटनामा गम्भीर घाइते कुँवरको उपचारार्थ अस्पताल लाँदै गर्दा ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।मोटरसाइकल पछाडि बसेका वर्ष १८ का प्रविण पुनको उपचार भइरहेको प्रहरीको भनाइ थियो ।

पोखरा–१ सिम्पानीस्थित करुणानिधी माविमा कक्षा १२ मा अध्ययन गर्ने दुवै जना बिहान ६ बजे क्याम्पस जाँदै गर्दा उनीहरु चढेको ग १४ प ८१५१ नं को मोटरसाइकल सडकको छेउमा एक्साभेटर रोकी राखेको १ क ७१६४ नं को ट्रकसँग ठोक्किएको थियो । दुर्घटना लगत्तै स्थानीयले उनीहरुलाई अस्पताल पु¥याएका थिए ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु