मोबाईल पड्कदा घाईते

पोखरा, १५ चैत /तनहुँको म्याग्दे गाउँपालिका ५ सागे बस्ने १९ बर्षिय प्रकाश काफ्ले चार्जमा राखेको मोवाईल पड्कीदा घाइते भएका छन् । घरको कोठामा मोबाईल चार्ज गरेको अबस्थामा लाईन आउने जाने हुदाँ मोबाईल अचानक पड्कदा करेन्ट लागि घाईते भएका हुन् ।

उनको जिल्ला अस्पताल दमौली ल्याएमा उपचार हुन नसके पछि अहिले पोखराको मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।

घाईतेको बुढि औला र कान्छी औलामा चोट लागेको छ । साथै दुबै हातको नाडिदेखी कुहिना सम्म र छातीको छाला खुईलिएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...