ढाँड दुखेर फिस्टेल हस्पिटल गएकी मीराको सुई लगाएको केही समयमा मृत्यु

पोखरा, १६ जेठ/ ढाँड दुखेर पोखराको गैह्रापाटन स्थित फिस्टेल हस्पिटलमा पुगेकी पोखराकी एक महिलाको केहि समयमै मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४, सिद्धार्थ चोककी ३६ वर्षीया मीरा मुल्मीको शुक्रबार पेन किलरको इन्जेक्शन लगाएको केही समयमा नै मृत्यु भएको हो ।

मृतकका आफन्तले केहि समय अघिसम्म ठीकठाक रहेको मान्छे इन्जेक्शन लगाउने बित्तिकै कसरी मृत्यु भयो ? भन्दै अस्पताल समक्ष मृत्युको कारण मागे थिए । पहिले मौन बसेको अस्पताल प्रशासन ठूलो संख्यामा मृतक पक्ष पुगेपछि वार्तामा बसेको थियो ।

वार्तामा मृतक पक्षको आर्थिक क्षतिपूर्तिको माग केहि थिएन, मात्र अस्पतालले सार्वजनिक रुपमा माफी मागेर यस्ता घटना नदोहोरिउन् भन्ने रहेको वार्तामा सहभागी मृतकका एक आफन्तले जानकारी दिए । अस्पतालले भने प्राविधिक त्रुटी भनेको छ ।

मीराका श्रीमान् पोखराका व्यवसायीका नेता प्रदिप मुल्मी हुन । प्रदिप फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष हुन । मीरालाई ढाँड दुख्ने समस्या र ग्याँस्ट्रिकको समस्या थियो ।

दुखाइ भएपछि अस्पताल पुगेका थिए ।मुल्मी दम्पतीका १६ वर्षीया छोरी र १० वर्षका छोरा छन् ।

कमेन्टहरु
Loading...