Ganthan News Pokhara
All news from Pokhara & around

पौडी खेल्ने क्रममा मस्र्याङ्दी नदीले बगाएर २ यूवक वेपत्ता, एकको उद्धार

0

पोखरा, १९ साउन /जलविद्युत आयोजनाको जलाशयमा पौडी खेल्दा मस्र्याङ्दी नदिले बगाउँदा २ जना यूवक बेपत्ता भएका छन् ।

बेसीशहर नगरपालिका–१ स्थित मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा पौडी खेल्ने क्रममा यूवकलाई बगाएर बेपत्ता भएका छन् भने एक जनाको उद्धार भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

बेपत्ता हुनेमा मस्र्याङ्दी गाउँपालिका ९, सिम्पानीका १५ बर्षिय अजित थापा र बेसीशहर नगरपालिका ६, मकैडाँडाका १६ बर्षिय योगेन्द्र रिमाल छन् ।

पौडी खेल्ने क्रममा बगाएका बेसीशहर नगरपालिका ६ मकैडाँडाका प्रतिक रिमाललाई भने स्थानीय र नेपाली सेनाले उद्धार गरेका छन् । उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु