हाइ लागेर मुस्ताङमा मलेसियन नागरिकको मृत्यु

पोखरा, ११ फागुन / मुस्ताङ घुम्न आएका मलेसियन नागरिक राजलिङ्गमको मृत्यु भएको छ ।

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका १ रानीपौवामा विहान साँढे १० बजे उनी मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कने क्रममा बेहोस भएर ढलेका ६६ बर्षिय राजलिङ्गम मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उपचार गर्न जिल्ला अस्पताल जोमसोम पु¥याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । उनको पोसपोर्ट नम्बर ८४०८२९०२६ रहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...