त्रिशुलीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी सुबेदीको मृत्यु

पोखरा, ११ साउन/ शुक्रबार पृथ्वी राजमार्गको नौबीसे–मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको गजुरी भएको दुर्घटनामा परि पोखराका एक जनाको निधन भएको छ ।

गजुरी गाउँपालिका–६ जहरेखेतबाट त्रिशुली नदीमा कार खस्दा पोखराका पर्यटन व्यवसायी मधुकर सुबेदीको मृत्यु भएको हो । घटनामा अन्य २ जना सामान्य घाइते भएका छन् । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको वा १४ च ३७५८ नम्बरको कार अगाडिको ट्रकलाई ओभरटेक गर्ने क्रममा त्रिशुलीमा खसेको थियो ।

कारमा सवार ३ जनामध्ये २ जना पौडी खेलेर बाहिर निक्लन सफल भएका थिए । पौडी खेलेर बाहिर निक्लने ललितपुर इमाडोलका शैलेन्द राउत र चालक रामेछापका सानुवावु सुनुवार रहेका छन् । उनीहरु बाहिर निक्लेपछि कारमा बाँकी रहेका सुबेदीलाई प्रहरी र नेपाली सेनाको सहयोगमा बाहिर निकालिएको थियो । तर गजुरी अस्पतालमा उपचार गर्दा सुबेदीको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...