कुस्मा नगरपालिकाकी उपमेयर चढेकी गाडी पोखरामा दुर्घटना

पोखरा, १ बैशाख /काठमाडौबाट पोखरा आउदै गरेको बोलेरो जिप र पोखराबाट दुलेगौडा जादै गरेको ट्रक दुर्घटना भएको छ । कुस्मा नगरपालिकाकी उपमयेर सिता काफ्ले लामिछाने चढेको गाडीलाई ट्रकले ठक्कर दिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौडा स्थित पृथ्वीराजमार्गमा ना २ ख ९७८९ नम्बरको ट्रक र बिपरित दिशा तर्फबाट आँउदै गरेको ना ४ च ५०५४ नम्बरको बोलेरो जिप ठोकिएका हुन् । ठक्कर पछि जिप पल्टीएको थियो ।

जिपमा सवार उपमेयर सहित उनी छोरी, चालक विनोद क्षेत्री, शिब क्षेत्री घाइते भएका छन् । उनीको दुई जनाको गण्डकी मेडिकल कलेज र ३ जनाको मणिपाल अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जिप, ट्रक र ट्रक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...