काठमाडौंको बस दुर्घटना, २ को मृत्यु, २० घाइते

काठमाडौं, १५ चैत /काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा हुदाँ दुई जनाको मृत्यु भएको छ ।

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना हुदााँ अन्य २० जना घाइते भएका छन् । मृत्यु हुनेमा दक्षिणकाली ५ मन्जु बस्नेत र शुनिल श्रेष्ठ रहेका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ ।

घाइतेको बयोदा अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...