कार दुर्घटनामा पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु

बुटवल, १४ असार / सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्णबाबु पाण्डेको मृत्यु भएका छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभर टोलमा मध्यराती भएको कार दुर्घटनामा परी न्यूज २४ टेलिभिजनका रिपोटर कृष्णबाबु पाण्डेको मृत्यु भएको हो ।

मध्यराती बुटवलदेखि घर ड्राइभरटोल तर्फ जाँदैगर्दा बा७च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते भएका उनको बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो ।

३० वर्षिय उनको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो ।
सडक किरानाको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो ।

उनको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

विगत एक दशकदेखि रुपन्देहीमा रहेर सञ्चार क्षेत्रमा आवद्ध उनी न्यूज २४ को रिपोटर र पावर न्यूज नेपालका सञ्चालक रहेका थिए ।

कमेन्टहरु
Loading...