कास्की सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

पोखरा, २३ असार / कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ बाटुलेथरमा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

ग १ त २२८३ नम्बरको ट्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो ।

ट्याक्टर चालक सोही ठाउँका ४५ बर्षिय रामचन्द्र अधिकारीलाई सोही ट्याक्टरले च्यापी घाईते भई उपचारको लागि मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्टहरु
Loading...