कास्कीको माछापुच्छ्रेमा मिनीट्रक दुर्घटना

पोखरा, १९ फागुन /कास्कीको माछापुच्छ्रे १ करुवा स्थितको कच्ची रोडमा ग१ख ७००४ नम्बरको मिनीट्रक दुर्घटना भएको छ ।

किराना पसलको सामान बोकेको गाडी ब्रेक फेल भई रोडबाट करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

मिनीट्रक सवार माछापुच्छ्रे गाउँ पालिका १ बस्ने वर्ष १८ का अर्जुन मगर, वर्ष ५० का तिल बहादुर मगर र पोखरा ६ बैदाम बस्ने वर्ष ३६ को रेशम सिंह ठकुरी घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...