कास्कीमा आइतबार साँझ जीप दुर्घटना

पोखरा, २ चैत/ कास्कीमा आइतबार साँझ जीप दुर्घटना भएको छ । हुँदा ६ जना घाइते भएका छन् ।

मादी गाउँपालिका ५ चितेपानीमा साँझ ध १ ज २४६ नम्बरको जिप दुर्घटना ६ जना घाइते भएका छन् । जीप चालक राजु नेपाली सहित ६ जना घाइते भएका हुन् ।

घाइते हुनेमा दिनेश नेपाली, त्रिलोचन सापकोटा, रुद्रनाथ सापकोटा, रुद्रमोहन कुइकेल, कृष्ण सापकोटा रहेका छन् । उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार भैरहेको छ ।

पोखराको काहुँखोलाबाट मादीको भेसैका लागि छुटेको उक्त जिप उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...