कास्कीको फेदीमा भण्डारी मृत फेला

पोखरा, १८ माघ / कास्कीको माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस फेदीमा एक जना मृत फेला परेका छन् ।

माछापुच्छ्रे गाँउपालिका ७ धम्पुस घर भई सोही ठाउँको फेदी बस्ने ३८ बर्षिय प्रजापती भण्डारी शुक्रबार दिऊसो मृत फेला परेका हुन् ।

धम्पुसबाट फेदी जाने बाटोबाट करिब २ सय मिटरतल भीरमा मृत अवस्थामा फेला परेका प्रहरीले जानकारी दिएको छ ।

उनको मृत्यु कसरी भयो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...